JAI को भिजन

राज्य प्रयोगशाला होइन। जनताको जीवन परीक्षणको विषय होइन। हरेक नीतिगत निर्णयको नतिजा वास्तविक मानिसहरूले भोग्छन् — त्यसैले नीति बनाउँदा तथ्य र क्षमताको हिसाब अनिवार्य छ।

संस्था बलियो हुनुपर्छ। व्यक्ति आउँछन्, जान्छन् — तर संस्थाले निरन्तरता दिन्छ। कमजोर संस्थाले न नीति बनाउन सक्छ, न कार्यान्वयन गर्न सक्छ।

नीति बनाउँदा क्षमता गन्नुपर्छ। कति लाग्छ? कसले गर्छ? कहिलेसम्म हुन्छ? यी प्रश्नहरूको जवाफ बिना कुनै पनि योजना अधुरो छ।

जनतालाई तथ्य चाहिन्छ, नारा होइन। सूचित नागरिकले मात्र सही निर्णय गर्न सक्छ। JAI ले यही तथ्य प्रदान गर्ने लक्ष्य राख्छ।

"This is not a manifesto.
This is a benchmark."